कृष्ण अन्जान
रुरु,बैशाख ७ – गुल्मीको रुरुक्षेत्र गाउपालीकामा उँखु ब्लक अन्तर्गतका किसानहरुलाइ खुदो राख्ने ढोल बितरण गरिएको छ ।
ब्लकको रुरुक्षेत्र ३ स्यालपोखरीमा रहेको कार्यालयमा पुगेका उँखु किसानहरुलाइ ब्लकका सँयोजक हुतराज गौतमले ढोल बितरण गर्नुभएको हो ।वार्षिक कार्यक्रम अनुसार यो वर्ष १ सय ७५ थान ढोल बितरण गरिएको छ ।
एकहजार बजार मूल्य पर्ने खुदो राख्ने ढोल आधा अनुदानमा किसानलाई प्रति ढोल ५ सयमा उपलब्ध गराइएको उँखु ब्लकका सँयोजक हुतराज गौतमले बताउनु भयो ।गत वर्ष पनि उँखुब्लक क्षेत्रका किसान हरुलाइ १ सय ५० थान ढोल ,१७ थान हाते ट्याक्टर ,वितरण गरिएको थियो भने यो वर्ष ११ वटा हाते ट्याक्टर १ सय ७५ वटा ढोल , बितरण गरिएको छ ।
यसै गरि आठसय क्विन्टल उँखुको बीउ किसानलाइ पचास प्रतिसत अनुदानमा बितरण गरिएको छ ।यो वर्ष करिब पचास क्विन्टल जैविक मल वितरण गरिएको छ ।रुरुक्षेत्र ३ र ४ मा सन्चालित उँखु ब्लक कार्यक्रमले किसानहरु को आय आर्जनमा ठुलो परिवर्तन गरेको छ ।मुख्यतया उँखु किसान हरुले खुदो र गुँड उत्पादन गरेर वार्षिक लाखौं उत्पादन गरेका मात्र छैनन आफुलाइ व्यवसायिक पनि बनाएका छन ।यो वर्ष मात्रै उँखु ब्लक क्षेत्रका किसान हरुका लागि उँखु ब्लक सन्चालक समितीले उखूखेति सम्बन्धि तालिम समेत सन्चालन गरिसकेको छ ।