राधा पोख्रेल
गुल्मी / बैशाख ८ – हिजोदेखि कोरोना बिरुद्धको दोस्रो चरणको खोप अभियान देशैभरि सुरु भएको छ । स्वास्थ्य मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना खोपको दोस्रो डोज लगाउन सुरु गरेको हो ।
गुल्मीमा पनि दोस्रो चरणको खोप अभियान अन्तर्गत आज १४ सय २२ जनाले खोप लगाएका छन । हिजो पहिलो दिन ११ सय ८१ जनाले खोप लगाएका थिए ।
गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका जिल्लाका १२ वटै स्थानिय तहका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी लगायतलाई खोप लगाइएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।
जिल्लामा वैशाख ७,८,९ गते दोस्रो मात्रा लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पहिलो चरणमा गुल्मीमा ४१ सय ७५ जनाले खोप लगाएका थिए । उनिहरुलाई दास्रो चरणमा खोप लगाइने छ ।