राधा पोख्रेल
गुल्मी / बैशाख १०- गुल्मीमा दोस्रो डोजको खोप अभियान आजबाट सकिएको छ । बैशाख ७ गतेबाट खोप अभियान देशैभरि सुरु भएको थियो ।
गुल्मीमा पनि दोस्रो डोजको खोप अभियान अन्तर्गत ३ हजार ८ सय ९४ जनाले खोप लगाएको सिआइसिटि सहजकर्ता सुजन ढकालले जानकारी दिनुभयो ।पहिलो दिनमा ११ सय ८१ जना,दोस्रो दिन १३ सय ८२ , तेस्रो दिन ८ सय २७ जना र आज अन्तिम दिन १ सय ३४ गरि ३५ सय २४ जनाले खोप लगाएका छन । ३७० जनाले पहिले नै दास्रो डोजको खोप लगाएका थिए ।
गुल्मीमा बैशाख ७,८,९ र १० गतेसम्म गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका जिल्लाका १२ वटै स्थानिय तहका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी लगायतलाई खोप लगाइएको छ ।जिल्लामा पहिलो डोज खोप ४१ सय ७५ जनाले लगाएका थिए । उनिहरुलाई दास्रो डोजको खोप लगाइएको हो ।