प्रेम सुनार
गुल्मी , बैशाख ११ – उनी गुल्मीको पौदिअमराइका दलित समुदायहरु मध्ये सप्पन्न परिवारका बालक हुन । त्यसैले अरु दलितका छोरा छोरिले सरकारी बिध्यालयमा पढ्दा उनले बोर्डि स्कुलमा पढ्छ्न ।
नाम के हो बाबू रु भनेर सोधपुछ गर्दा माइ नेम इज आशिष् परियार भन्ने जबाफ दिन्छ्न ।उमेर कति भयो भन्ने दोस्रो प्रश्नमा नाइन भन्ने जबाफ दिन्छ्न । कतिमा पढ्छौ भनेर सोध्धा फाइवमा भन्ने जबाफ दिन्छ्न ।उनको बोलिमा इङ्ग्लिश टोन छ ।लुगा लगाइ र सरसफाइ पनि शहरका सम्पन्न परिवारका बालबालिकाको भन्दा कम छैन ।उनी थिए मुसिकोट नगरपालिका १ पौदिअमराई गाउँका इश्वरी परियारका छोरा आशिष् परियार ।दलित समुदायका बालबालिका र युवाहरु आ(आफ्नो पुर्खेयौली पेशा गर्न अन्य समुदायका साथिहरुका सामु लजाउने र हिन्ताबोध साध्ने भएकै कारण परंरागत पेशाहरु लोप हुँदै गैरहेका छ्न ।
तर आशिषलाइ भने त्यस्तो हिनताबोध छैन र अभिरुचि पुर्बक बाजा बजाउन सिक्दै छ्न ।शनिबार पौदिअमराइ स्वासथ्य चौकीको भवन शिलान्यास गर्न पुगेका पुर्ब मन्त्री गोकर्ण बिष्टको स्वागतमा आयोजकले नौमती बाजा टोलि बोलाएको रहेछ ।
त्यस टोलिमा ७० बर्षिय बृद्ध देखि ९ बर्षिय उनै बालक आशिष् समेत थिए । हल्का बाजा मध्येको एक मानिने टेम्कुरी उनले छातिमा भिरेर नबिगारी बझाइ रहेका थिए ।
पुर्ब मन्त्री बिष्टको नजर पनि उनी माथी पर्यो । पौदी भाटिको छत्रभुमी इङ्ग्लिश बोर्डिङ्ग स्कुल कक्षा ५ का बिध्यार्थी उनी बिध्यालय र होमवर्क समय बाहेक कपडा सिलाउन पनि सिक्ने प्रयासमा रहेको उनका अभिभावकहरु बताउछ्न ।उनी सगर्वित मुद्रामा बाजा बजाइ रहेका थिए । उनले जस्तै सानै बाट सगर्वित हुँदै आ आफ्ना परम्परागत पेशा सिक्दै जाने हो भने दलित समुदायका कुनै पनि परम्परागत पेशा लोप नहुने र कोहि पनि बेरोजगार बस्न नपर्ने मुसिकोट नगरपालिकाका जनप्रतिनिधिहरुको बुझाइ छ ।दलित समुदाय भित्रका विभिन्न परम्परागत सीप पेशा र सास्कृती संरक्षण र प्रबर्द्धनका लागि विभिन्न कार्यक्रम सन्चालन गरिएको र तालिम दिने र आधुनिकीकरण गर्दै मर्यादित पेशाका रुपमा रुपान्तरण गर्न लागिएको नगर प्रमुख सोमनाथ सापकोटाले बताउदै आएका छ्न ।सिङ्गो मुसिकोटका नौमती बाजा जिल्ला मै प्रशिद्ध भए पनि नयाँ पिढिले बजाउन हिनताबोध साध्ने गरेका छ्न ।
ती बालक आशिष् भने अन्य समुदायका आफू सङ्गै पढ्ने साथिहरु सङ्ग हेलो हाइ गर्दै बाजा बजाइ रहेका थिए ।