कृष्ण अन्जान/ रुरु- लुम्बिनी प्रदेशका उद्योग बन तथा वातावरण मन्त्री आरति पौडेलले प्रसिद्ध रुरुधामको अवलोकन गर्नु भएको छ ।
पछिल्लो पटक मन्त्री पदमा नियुक्त भएपछि रुरुधाम आइपुग्नु भएकि मन्त्री पौडेलले पवित्र ऋषिकेश मन्दिर परिसरमा पुगि ऋषिकेश भगवान र गायत्रि को पुजा अर्चना गर्नु भएको थियो ।

ऋषिकेश मन्दिर परिसरमा मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री पौडेल सरिक हुनु भएको थियो । स्वागत कार्यक्रममा आफ्ना धारणा राख्दै प्रदेश सभा साँसद कमल राज श्रेष्ठले रिडीधाममा अन्य सँरचनाहरु बन्दै गर्दा शवदाहगृह र रुरु जलाशयको डिपिआर गरिनु पर्ने बताउनु भयो । ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराइले मन्दिरको भेटि व्यवस्थापन लगाएतका कार्यहरुसँगै समग्र रुरुधामको सुधारमा समिति लागि परेको बताउनुभयो ।
पत्रकार कृष्ण अन्जानले मन्त्री समक्ष आफ्ना ११ बुँदे मागहरु बारे जानकारी गराउँदै ऋषिकेश मन्दिर व्यवस्थापन समितिले आफ्ना मागहरु बारे सकारात्मक रहेको बताएकाले अममरण अनसन स्थगित गरेको मन्त्री पौडेललाइ जानकारी गराउनु भएको थियो ।
उधोग वन तथा वातावरण मन्त्री पौडेलले रिडीमा निर्माणाधीन तिनमुखे पुल तथा रुरुबाँधको निरिक्षण समेत गर्नु भएको थियो ।मन्त्री पौडेलले रुरुक्षेत्रको विकासमा आफ्नो तर्फ बाट सहयोग गर्न सधै तत्पर रहेको बताउनु भयो ।
रुरुधाममा निर्माणाधिन रुरुबाँधका सम्बन्धमा वरिष्ठ जलाधार अधिकृत आनन्द घिमिरेले बाँधको कार्यप्रगतिबारे अवगत गराउनु भएको थियो ।

घिमिरेका अनुसार कालिगण्डकी नदि तथा रिडीखोला नियन्त्रण आयोजना अन्तरगत हाल सम्म १५ प्रतिशत काम पूरा भएको जानकारी गराउनु भएको थियो ।यहि अनुपातमा काम भए निर्धारित मितिमा काम सकिनेमा आशावादी भएको घिमिरेले बताउनु भयो ।परियोजना अन्तरगत रिडी खोला तथा कालिगण्डकी नदिमा २ हजार ८ सय २० मिटर लामो ,सात मिटर अग्लो आर सिसि टेवा पर्खाल निर्माण हुनुका साथै ऋषिकेश मन्दिर तर्फ कालीगण्डकी र रिडी खोलामा २ सय ८८ मिटर प्याराफिट सिँढी निर्माण गरिने छ ।यसै गरि टेवा पर्खाल निर्माण पछि ६ हजार ४ सय ३० घन मीटर माटो भरिने छ भने ६ हजार ६ सय ६६ थान ग्याभिन बकस भरि लन्चिगँ एप्रोन बनाइने छ ।
यो कामका लागि यो वर्ष १५ करोड ५४ लाख र आगामी वर्ष २२ करोड ४५ लाख बजेट खर्च हुनेछ । लुम्बिनी प्रदेश सरकारका सचिव राजेन्द्र केशिले काम छिटो गर्न र निश्चित अवधिमा सक्न निर्माण कम्पनीलाई निर्देशन दिनु भएको छ ।
रुरुधाममा मन्त्री सगै तानसेन नगरपालिका वडा न १४ का वडाध्यक्ष कमल राना , नेपाली काँग्रेस रुरुक्षेत्र गाउपालीका वडा नम्बर १ का वडा सभापति रामचन्द्र भट्टराई ,नेकपा एमाले रुरुक्षेत्र वडा न १ का सँयोजक नवराज विक ,पार्टी सचिव चिरन्जिवि ज्ञवाली लगायत स्थानिय समुदायको उपस्थिति रहेको थियो ।