अजय खड्का
गुल्मी,बैशाख १३- पछिल्लो २४ घण्टामा गुल्मीमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ जना पिसिआर र ९ जना एन्टीजेन परिक्षण बाट पुष्टी भएका हुन । जिल्लामा संक्रिय संक्रमितहरु ६८ जना रहेका छन् । जस मध्ये इस्मा गाउँपालिकामा २, गुल्मीदरबार गाउँपालिकामा ६, चन्द्रकोट गाउपालीकामा १, छत्रकोट गाउपालीकामा १३, धुर्कोट गाउँपालिकामा २, मालिका गाउँपालिकामा ५, मुसिकोट नगरपालिकामा ३, रुरुक्षेत्र गाउँपालिकामा १०, रेसुङ्गा नगरपालिकामा १८ र सत्यवति गाउँपालिकामा ८ जना सक्रिय संक्रमित रहेको सिआइसिटि सहजकर्ता सुजन ढकालले जानकारी दिनुभयो । अहिलेसम्म गुल्मीमा कोरोना संक्रमितको संख्या १ हजार २६ जना पुगेको छ । मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।