राधा पोख्रेल,
तम्घास ,बैशाख १३ – गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर ६ को वडा कार्यालय एक साताको लागि बन्द गरिएको छ । केहि जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि कार्यलयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सेवा एक साताको लागि बन्द गरिएको गाउँपालिकाले विज्ञाप्ति मार्फत जनाएको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसगै गाउँपालिकाको वडा नम्बर ६ का केहि जनप्रतिनिधि र कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । साथै कोरोना भाइरसको सँक्रमण बढ्दै गएकोले सम्पुर्ण गाउपालीका वासिहरुमा सामाजिक दुरी कायम गरी सुरक्षाका उपायहरु अपनाउन आग्रह गरिएको छ ।