गुल्मी,
बैशाख १६-सिर्जनसिल सामुदायिक बिकास केन्द्र द्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा न ०१ नयागाउमा गठित साउनेपानी महिला उद्यम समुहका २९ जना सदस्यहरुले समुहमा आएको खाजाको रकम बाट नगद रु १ हजार १ सय ७०को बिद्यालय पोसाक मालारानी गाउपालिका वडा न ०३ पाखापानी निवासी तुलसा गिरि को छोरी मालारानि खनदहमा रहेको आदर्स माध्यमिक बिद्यालय कक्षा ७ मा अध्ययनरत विद्यार्थी बिपना गिरि र कक्षा ३ मा अध्ययनरत विद्यार्थी सपना गिरिलाई १र१ जोर बिद्यालय पोसाक एक कार्यक्रमका बिच उपहार प्रदान सम्पन्न भएको छ ।
धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै समुहमा न्यायोचित एबम दिगो बिकासको लागि हेफर आधारशिला तालिम सम्पन्न भएपछी समुहका सबै सदस्यले उपहार प्रदान गर्ने सामुहिक प्रतिवद्धता गरे बमोजिम आर्थिक अबस्था कमजोर भएकोलाई बास्तबिक आबस्यकताको पहिचान गरि उपहार गरिएको समुहका सम्पुर्ण सदस्यहरुले बताउनु भएको छ । जनप्रिय महिला उद्यम समुह की अध्यक्ष सान्ता जि सिको अध्यक्षता समुहकी सदस्य भाग्यसरि पाण्डेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा परियोजनाका सामुदायिक सहजकर्ता बिष्णु कुवर को विशेष आथिथेता रहेको कार्यक्रमको संचालन समूह कि सदस्य मिना भुसाल ले गर्नु भएको परियोजनाका सहजकर्ता बिष्णु कुवर ले जानकारी दिनु भयो।