बैशाख १६
कृष्ण अन्जान/ रुरु- नयाँ भेरिएन्ट सहितको कोभिड १९ को सँक्रमणले भयावह रुप लिन थालेपछि शहर छाडेर गाउँ फर्कने को लर्को छ । काठमाडौ लगाएत बुटवल भैरहवा बाट गुल्मी भित्रिने साना तथा ठुला सवारी साधनमा यात्रुहरूको भिडभाड छ ।
दिनभर जसो सयौँ सवारीका साधन हरु गुल्मीको रिडी नाकाबाट भित्रिएका छन । मुख्यतः बस सवारीका जिप ट्याक्सि भरिभराउ भएर जिल्ला भित्रिएको पाइएको छ । यी सवारी साधन हरुमा भारतबाट नेपाल फर्कने हरुको पनि ठुलै ताँती छ ।
मास्क सेनिटाइजर त यी सवारी साधनमा यात्रा गर्ने हरुले प्रयोग गरेको पाइएपनि भिडभाडमा को सँक्रमित हो र को सँक्रमित होइन यश बारेमा अत्तो पत्तो छैन । रिडी बजार हुँदै बाग्लुँग गुल्मी अर्घाखाँचि स्याङ्जा को पश्चिमी भागमा जाने यात्रु हरु अत्यधिक रहेको पाइएको छ । सवारी साधनको भिडभाडलाइ रिडी बजारमा राखिएको हेल्थ डेक्सले पनि धान्न धौधौ भएको छ र रिडी बजारमा झर्ने यात्रुहरुलाइमात्र चेलजाँच गर्ने काम हेल्थ डेक्सले गरेको छ । शहर भन्दा गाउँ शुरक्षित छ भनेर फर्कने हरुले स्वास्थ मापदण्ड अपनाउनु पर्ने देखिएको छ ।
भारतबाट नेपाल फर्कने हरुमा अत्यधिक भेरिएन्ट सहितको कोभिड १९ देखा परेको र उनिहरुबाट सँक्रमण सर्ने खतरा भएकाले घर फर्केपछि होम क्वारेन्टाइन वा आइसोलेसनको सहारा लिँदा सँक्रमण दर कम हुने आँकलन गरिएको छ । यो परिस्थितिमा हरेक स्थानिय निकाएले भारत तेस्रो मुलुक र शहरबाट आउने हरुको तथ्यांक सँकलन गरी चेकजाँच क्वारेन्टाइन र आइसोलेसन को व्यवस्थापन गर्नु जरुरी भएको छ । पछिल्लो चरणमा भारत तेस्रो मुलुक र शहर बजार बाट गाउँ फर्कने हरुको लर्को लागिरहँदा ग्रामीण क्षेत्रमा मास्क को प्रयोग खासै भएको पाइँदैन भने सेनिटाइजर र सावान पानीले हात धुने काम पनि नगरेको पइएकोले स्वास्थ स्वयंसेविका ,शिक्षक र सामाजिक अभिन्ता हरुबाट अनुगमन अगाडी बढाउनु पर्ने देखिएको छ ।
यसै गरि सँक्रमित हरुलाइ पिसिआर एन्टिजिन परिक्षण सँगै क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था सँगै गाउँ पालिका र जिल्लामै लकडाउन गर्नु पर्ने देखिएको छ ।