बैशाख १६
कृष्ण अन्जान, रुरु – प्रहरी र समुदाय विचको सहकार्यले सामाजिक सुरक्षा र अमन चयन हुनेमा रिडीमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।परिचय कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख तुल्सी श्रेष्ठले प्रहरी र समुदायको सहकार्यले अमन चयन कायम हुने बताउँदै कोभिड १९ को सँक्रमण न्युनिकरणमा प्रहरीसँग साझेदारी गर्न जिल्ला समन्वय समिति तयार रहेको बताउनु भयो । इलाका प्रहरी कार्यालय रिडीमा हालै जिम्मेवारी सम्हाल्न पुग्नु भएका प्रहरी निरिक्षक शुभराज बमसँगको अन्तरकृया र परिचय कार्यक्रममा बोल्दै रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष रामलाल बिकले प्रहरीसँग स्थानिय निकायले समन्वय गर्न तयार रहेको बताउनु भयो ।
वडाध्यक्ष विकले प्रहरी स्वास्थ्यकर्मी र स्थानीय निकायसँगको सहकार्यमा सँस्कृत विध्यापिठमा ६ बेडको आइसोलेसन व्यवस्थापन यथासिघ्र गर्ने तयारी भएको बताउनुभयो ।रिडी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक शुभराजबमले प्रहरी र समुदायको समन्वय ले सबैखाले सामाजिक शान्ति शुरक्षा कायम गर्न प्रहरी सक्षम हुने बताउनुभयो ।कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक बमले नया भेरियन्ट सहितको कोभिड १९ को सँक्रमणबाट बच्न स्थानीय तह र समुदायको सहयोगको अपेक्षा गर्नुभयो ।
स्थानिय समुदायको तर्फबाट आफ्नो धारणा राख्दै चन्द्रलाल कसजुले रिडी क्षेत्रको शान्ति शुरक्षामा प्रहरीको योगदानको प्रशंसा गर्नु भएको थियो ।रिडी इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक शालिकराम थापाले सन्चालन गर्नु भएको कार्यक्रममा नेकपा एमाले रुरु १ का संयोजक नवराज विक समाजसेवी फर्सुराम पौडेल जीवन कसजु लगाएतले आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका प्रतिनिधिसँगै रुरु १ का समाजसेविहरुको उपस्थिति रहेको थियो ।
इलाका प्रहरी कार्यालय रिडीले शुरु गरेको मास्क खै कार्यक्रमका लागि समाज सेवि फर्शुराम पौडेलले पाँच सय थान र नेपाली काँग्रेसको युवा नेता राजेन्द्र राणाले पाँचसय थान मास्क र रुरु १ का वडाध्यक्ष रामलाल विकले आवस्यक पर्ने ग्लोब प्रदान गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ।