राधा पोख्रेल
गुल्मी/ बैशाख २८ – गुल्मीमा पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १०४ जना डिस्चार्ज भएका छन । जिल्लामा अहिले ६४० जना संक्रिय संक्रमित रहेका छन । जसमध्ये ६०४ जना होम आइसोलेसनमा र ३३ जना हस्पीटलको आइसोलेसन र ३ जना आइसियुमा रहेको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो । गुल्मीमा पछिल्लो चरणको संक्रमणका कारण २७ जनाको ज्यान गइसकेको छ ।
यस्तै मंगलबार गुल्मीकी एक कोरोना संक्रमित महिलालाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ । जिल्लाको रेसुङगा नगरपालीका वडा नम्बर २ कि ४० वर्षिय महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि काठमाडौको छाउनी अस्पतालमा लगिएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन कार्कीले जानकारी दिनुभयो ।