राधा पोख्रेल
तम्घास/ गुल्मी
गुल्मीमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १०४ जना डिस्चार्ज भएका छन । ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुंगा नगरपालीकाका ६० वर्षिय पुरुष, गुल्मी दरबार गाउपालीकाको ५० वर्षिय पुरुष, छत्रकोट गाउपालीकाको ३४ वर्षिय पुरुष र मुसिकोट नगरपालीका ५५ वर्षिय पुरुष रहेका छन । जिल्लामा अहिले ६४५ जना संक्रिय संक्रमित रहेका छन । जसमध्ये ६०६ जना होम आइसोलेसनमा र ३५ जना हस्पीटलको आइसोलेसन र ४ जना आइसियुमा रहेको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो । गुल्मीमा पछिल्लो चरणको संक्रमणका कारण ३१ जनाको ज्यान गइसकेको छ ।