राधा पोख्रेल
तम्घास,बैशाख ३० – गुल्मीमा पछिल्लो २४ घण्टामा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ जनाको मृत्यु भएको छ । जिल्लाको रेसुंङगा नगरपालीकामा २७ , रुरुक्षेत्र गाउपालीकामा १५, छत्रकोट गाउपालीकामा १३ ,मालिका गाउपालीकामा १ ,धुर्कोट गाउपालीकामा ३ ,सत्यवति गाउपालीकामा १, इस्मा गाउपालीकामा १ र गुल्मीदरबार गाउपालीकामा ६ जना गरि ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो । जिल्लामा अहिले ७०९ जना संक्रिय संक्रमित रहेका छन । जसमध्ये ६६० होम आइसोलेसनमा , ४५ जना हस्पीटलको आइसोलेसन र ४ जना आइसियुमा रहेको छन । पछिल्लो २४ घण्टामा जिल्लामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रकोट गाउपालीका वडा नम्बर ३ का ३४ वर्षिय पुरुष , धुर्कोट गाउपालीका वडा नम्बर ४ जैसिथोकका ३८ वर्षको पुरुष र सत्यवति गाउपालीका वडा नम्ब ६ खैरेनिका ४६ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन कार्कीले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो चरणको कोरोना संक्रमणका कारण ३४ जनाको ज्यान गइसकेको छ ।