गुल्मी,
बैशाख ३०- सामाजिक अभियन्ता तथा राजनितिक बिस्लेषक प्रकाश पोख्रेल कोरोना संक्रमण मुक्त हुनुभएको छ ।
राजनितिक कार्यक्रमहरुमा सहभागी हुने क्रममा नेपालगन्ज पुगेका पोख्रेलको स्वास्थमा अकस्मात समस्या देखिएपछी आकस्मिक हवाइ उड्यन मार्फत काठमाडौको मेडिसिटी अस्पतालको आकस्मिक कक्षमा पुराइएको थियो । १० दिन सम्म आइसियुमा १५ लिटर अक्सिजनको सहारामा उपचार पछि जनरल वार्डमा सारिएको थियो । स्वास्थ्यमा राम्रो सुधार आएपछि होम आइसोलेसनमा बस्ने गरि अस्पताल भरना भएको १६ औ दिनमा पोख्रेललाई डिस्चार्ज गरिएको वहाँको उपचारमा सम्लग्न डा. सन्जीत कृष्ण श्रेष्ठले बताउनुभयो ।
आफू अस्पतालको जनरल वार्डमा रहेको बेला परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेपाली कांग्रेस नेता डाशेखर कोइराला, गोपालमान श्रेष्ठ , अर्जुन नरसिह केसि, पुर्व मन्त्री गोकर्ण बिष्ट, भारतिय जनता पार्टीका नेता बिजय जोलि, गुल्मिका प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले फोन गरेर आत्मबल बलियो बनाउन हौसला प्रदान गर्नुभएको र हजारौं सुभचिन्तकहरुले मेसेज र सामाजिक सन्जालमार्फत स्वास्थ लाभको कामना गर्दै चासो र चिन्ता ब्यक्त गर्नुभएकोमा वहाँहरु प्रती आफू कृतग्य रहेको पोख्रेलले बताउनु भयो ।
कोरोना भाइरस लागेपछि धेरै कष्ट बेहोर्नुपर्ने हुदा यसबाट बच्न आमनागरिक आफै सचेत र जिम्मेबार हुनु पर्ने पोख्रेलको सुझाव रहेको छ । सामाजिक कार्यमा सक्रिय प्रकाश पोख्रेल धुर्कोट गाउँपालिका वाड न १, नयाँगाउँ अरौदीका स्थाइ बासिन्दा हुनुहुन्छ ।