गुल्मी,जेठ ८
राधा पोख्रेल – गुल्मीमा पछिल्लो २४ घण्टामा १ सय ५३ जना कोरोना संक्रमण मुक्त भएका छन ।
योसगै जिल्लामा कुल ५ सय ९३ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा . ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । १ सय ५६ जनाको पिसिआर र एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ५६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । गुल्मीदरवार गाउँपालिकामा १९ जना, इस्मा गाउँपालिकाका १५ जना , रुरुक्षेत्र गाउँपालिकाका ९ जना, रेसुङ्गा नगरपालिका, सत्यवती र छत्रकोट गाउँपालिकाका ३÷३ जना, कालीगण्डकी गाउँपालिका २ जना , धुर्कोट गाउँपालिका . र मुसिकोट नगरपालिकाका १÷१ जना गरि ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । यो सँगै गुल्मीमा कुल संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ३५ रहेको छ । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिकाकी ५६ वर्षकी महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । यो सँगै दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण गुल्मीका ६४ जनाले ज्यान गुमाएका छन् ।