राधा पोख्रेल,
तम्घास ,जेठ ८ – गुल्मीको मालीका गाउपालीकामा सन्चालित धान प्रवद्र्धन कार्यक्रमको वडा नम्बर ६ अर्जैइमा उन्नत जातको धानको बिउ बितरण गरेर सुरुवात गरिएको छ ।

मालीका गाउपालीकाको १२ लाख र किसानको १२ लाख गरेर २४ लाखको कार्यक्रम रहेको गाउपालीका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष शोभाखर गिरिले जानकारी दिनुभयो ।
धेरै उत्पादन दिने खालको धानको बिउ निशुल्क रुपमा ९७ किसानलाई बितरण गरिएको हो ।अर्जैइ बेसि फाटमा ३ सय रोपनी जग्गामा धान प्रवद्र्धन खेती सन्चालन गरिनेछ । यसबाट एउटा कलस्टरमा ९७ र अर्को कलस्टरमा ५० जना किसानहरु लाभाम्वित हुनेछन ।

३ सय रोपनीमा धान खेती गरिने र धान रोप्नको लागि अनुदानमा ट्याक्टर र धान काट्न ,झाट्नको लागि मेसिन उपलब्ध गराइनेछ । किसानहरुको मागको आधारमा उपकरण दिने र लागत कम गरेर उत्पादन धेरै दिनेगरि यो कार्यक्रमको उद्धेश्य रहेको गाउपालीकाले जनाएको छ । १ किलो बिउबाट झण्डै ७ मुरी धान उत्पादन गर्नेर किसानहरुलाई सामानहरु उपलब्ध गराएर आम्दानी बढि गराउने गाउपालीकाले लक्ष्य लिएको छ ।

आज वडा नम्बर ६ अर्जैइमा १ सय ५० केजि धानको बिउ बितरण गरिएको छ । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष शोभाखर गिरि,गाउपालीका प्राबिधिक बिमल अर्याल लगायतको सहभागिता रहेको थियो ।यो कार्यक्रम असार मसान्तसम्म सम्पन्न गर्ने गरि सुरुवात गरिएको छ ।