राधा पोख्रेल
तम्घास,जेठ १२
गुल्मीमा पछिल्लो २४ घण्टामा ३९ जनामा कारोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षण गर्दा ३६ जना र एन्टीजेन परिक्षण गर्दा ३जना गरि ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका सिआइसिटि अफिसर सुजन ढकालले जानकारी दिनुभयो ।
रेसुंगा नगरपालीकाको २५ जना , मुसिकोट नगरपालीकाको १ जना, मदाने गाउपालीकाको २ जना,धुर्कोट गाउपालीकाको १ जना,कालीगण्डकी गाउपालीकाको १ जना, चन्द्रकोट गाउपालीकाको २ जना, सत्यवति गाउपालीकाको १ जना, रुरुक्षेत्र गाउपालीकाको ३ जना,इस्मा गाउपालीकाको १ जना , गुल्मी दरबार गाउपालीकाको २ जना गरि ३९ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमण मुक्त भएका छन ।योसगै जिल्लामा कुल १०७७ जना कोरोना जितेर घर फर्किएका छन । जिल्लामा संक्रयि संक्रमित ७५१ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । रुरुक्षेत्र गाउपालीका वडा नम्बर ५ का ३३ वर्षिय पुरुष र मालीका गाउपालीका वडा नम्बर ८ का ५० वर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । यो सँगै दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण गुल्मीका ७० जनाले ज्यान गुमाएका छन् ।