राधा पोख्रेल
गुल्मी,जेठ १३ – परराष्ट्रमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदिप कुमार ज्ञवालीले पठाउनुभएको स्वास्थ्य सामग्री श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

अक्सिजन कन्सल्टेटर १ थान, २ थान श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रलाइ र ५ थान गाउपालीकाका स्वास्थ्य चौकीलाई गरि अक्सिजन सिलिण्डर ७ थान, लगायतका स्वास्थ्य सामग्री पठाउनुभएको थियो । त्यसरी पठाएका सामग्री ज्ञवालीका स्वकीय सचिव जङ्ग नेपालीले प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गर्नुभएको हो ।

गाउपालीका अध्यक्ष मधुकृष्ण पन्त,उपाध्यक्ष नर्मदा भण्डारी, डा असलेस रिजाल, प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर ४ का वडाध्यक्ष डिलाराम न्याउपाने, समाजसेबिहरु लगायतको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तले स्वास्थ्य सामाग्री पठाएकोमा धन्यावाद दिदै जनचेतनामुलक भनाई राख्नुभएको थियो ।
कोरोना महामारी तथा जुनसुकै बिपदमा जिल्लामा रहेका नागरिकहरुको हकहितको लागि आफुहरु सदैव तयार रहेको मन्त्री ज्ञवालीका स्वकीय सचिव जङ्ग नेपालीले बताउनुभएको नेकपा एमाले जिल्ला कमिटि सदस्य यज्ञ पाण्डेले जानकारी दिनुभयो ।