जेठ १४ ,गुल्मी
परराष्ट्रमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदिप कुमार ज्ञवालीले पठाउनुभएको स्वास्थ्य सामग्री रुरु प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले अक्सिजन कन्सल्टेटर १ थान, १० अक्सिजन सिलिण्डर ,पिपिई लगायतका स्वास्थ्य सामग्री पठाउनुभएको थियो । उक्त सामग्री ज्ञवालीका स्वकीय सचिव जङ्ग नेपालीले प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गर्नुभएको हो ।

एमाले जिल्ला सचिवालय सदस्य तथा रुरु गाउपालीका इन्चार्ज हिमाल श्रेष्ठ, रुरु १ का एमाले अध्यक्ष नवराज बिक,जिल्ला सदस्य प्रेम भण्डारी,पार्टी सचिव चिरन्जीवि ज्ञवाली,रुरुक्षेत्र गाउपालीका अक्सिजन बैंकका टिमहरु लगायतको सहभागितामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

सामाग्री हस्तान्तरण गर्दै ज्ञवालीका स्वकीय सचिव नेपालीले गुल्मीमा निरन्तर फलोअप र समस्याहरु मन्त्री ज्ञवालीहरुले बुजिरहनुभएकोले आवश्यक सामाग्रीहरु जुन सुकै अवस्थामा पनि उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ ।

स्वास्थ्य केन्द्रका प्रमुख डा.बिकास पन्थीले मन्त्री ज्ञवालीले पटकपटक आफुलाई फोन गरेर यहाको गतिबिधीको बारेमा जानकारी लिएको र समस्या परे जानकारी गराउन भन्नुभएको बताउनुभएको एमाले पार्टि वडा सचिव चिरन्जीवि ज्ञवालीले जानकारी दिनुभयो ।