अनिल खत्री
१४ जेठ, गुल्मी – गुल्मी जिल्लामै प्राबिधिक विषय तर्फ उच्च शिक्षा पढन पाउने भएका छन् । प्राबिधिक बिषय तर्फ आंगिम शिक्षालय रुपमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–८ मजुवामा तुराङ बहुप्राविधिक विद्यालय स्वीकृत भएको हो ।
तुराङ बहुप्राविधिक विद्यालय स्वीकृत बारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी गराएका हुन् । उनले लामो समयदेखिको प्रतिक्षा पूरा भएको छ ।
डिप्लोमा इन कृषि ( वाली विज्ञान), डिप्लोमा इन कृषि ( पशु विज्ञान) र डिप्लोमा इन सिभिल इन्जिनीयरिंग पढाइ हुने गरी तुरांग बहुप्राविधिक विद्यालय स्वीकृत भएको जानकारी गराए । जिल्लाबाट प्राबिधिक विषयको उच्च शिक्षा पढन ठूला शहरमा जानुपर्ने बाध्यता रहेको थियो ।
जसले गर्दा प्राबिधिक विषय तर्फ अध्ययन गर्ने इच्छा भएकाहरु पनि कि अन्य स्थानमा जानुपर्ने या अन्य बिषय अध्ययन गर्नुपर्ने अबस्था रहेको थियो । सरकारी स्तरबाट प्राबिधिक शिक्षा अध्ययन गर्न पाउने खबरले जिल्ला वासीमा खुसी थपेको छ ।