राधा पोख्रेल,
तम्घास /जेठ १५ – गुल्मीमा पछिल्लो २४ घण्टामा २०३ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ६५ जना र एन्टीजेन परिक्षण गर्दा १३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ । मुसिकोट नगरपालीकामा १३४ जना,रेशुंगा नगरपालीकामा २८ जना,सत्यवति गाउपालीकामा १८ जना,चन्द्रकोट गाउपालीकामा ५ जना,रुरुक्षेत्र गाउपालीकामा ५ जना,गुल्मीदरबार गाउपालीकामा ६ जना, इस्मा गाउपालीकामा ५ जना,छत्रकोट गाउपालीकामा २ जना गरि २०३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३४ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्लामा संिक्रय संक्रमित ६६४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउपालीकाको ४२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । यो सँगै दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण गुल्मीका ७६ जनाले ज्यान गुमाएका छन् ।