राधा पोख्रेल
जेठ १८- गुल्मीमा पछिल्लो २४ घण्टामा ३१ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।
सत्यवति गाउपालीकामा १६ जना,चन्द्रकोट गाउपालीकामा ११ जना,इस्मा २, गुल्मीदरबार १ जना,रेसुंगा नगरपालीकामा १ जना गरि ३१जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्लामा संिक्रय संक्रमित ६०७ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सत्यवति गाउपालीकाका ४ का ९८ वर्षिय पुरुष,सत्यवति ३ का ४२ वर्षिय पुरुष र कालीगण्डकी ५ का ७८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।
जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण गुल्मीका ८१ जनाले ज्यान गुमाएका छन् ।