कृष्ण अन्जान
रुरु – नया भेरियन्ट सहितको कोभिड सँक्रमण बढेपछि गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न ५ लाई विहीवार देखि शिल गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।विहिवार दिउसो १ बजे देखि जेठ २६ गते सम्म रुरु ५ का आँटिपाटा ,छाम्दी र उल्लिखोला बाहेकका क्षेत्र शिल गरिएको गाउँपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत छत्र बहादुर अधिकारीद्धारा जारी सुचनामा उल्लेख छ ।

यसक्षेत्रमा ३५ जनामा गरिएको पिसिआर चेकजाँचका क्रममा २२ जनामा कोरोना पोजेटिभ देखिएको र सँक्रमितहरुको अवस्था सामान्य रहेपनि सँक्रमण अझै समुदायमा फैलनबाट रोक्न वडालाई शिल गरिएको गाउँपालिकाले जनाएको छ ।
यस अवधिमा आवस्यक नपरि घर बाहिर ननिस्कन, स्वास्थ मापदण्डको पुर्ण पालना गर्न र औषधि प्रयोग गरिरहेका दिर्घ रोगि सुत्केरी हरुले औषधि तथा स्वास्थ परामर्श का लागि रुरुक्षेत्र गाउँ पालिकामा सम्पर्क गर्न सकिने सुचनामा उल्लेख छ ।
कोभिड सँक्रमणको विषम परिस्थितिलाई मध्य नजर गरि वडालाई शिल गरिएको र सबैलाई उच्च मनोबल बनाई राख्न समेत रुरुक्षेत्र गाउँपालिकाले आग्रह गरेको छ ।