राधा पोख्रेल
जेठ २०,तम्घास – रुरुक्षेत्र बिकास समाज काठमाडौ र लाइन्स क्लब अफ काठमाडौ गुल्मीले पठाएको सामान अक्सिजन बैक टिमद्वारा रुरुक्षेत्र गाउँपालिका लाई हस्तान्तरण गरिएको छ ।

पिपिई,अक्स मिटर,एन नाइन्टीफाइब मास्क,थर्मल गन,फेस सिल्ड,सर्जिकल मास्क लगायतको स्वास्थ्य सामाग्री एक कार्यक्रमको बिच गाउपालीकालाई हस्तान्तरण गरिएको हो ।अक्सिजन बैक रिडी को निर्देशक हिमाल श्रेष्ठको अध्यक्षता,रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमको प्रमुख आथित्यता, रुरुक्षेत्र गाउँपलिका उपाध्यक्ष लक्ष्मी देवि पन्तको बिशिष्ट आथित्यता, पुर्व प्रशासकिय अघिकृत चेतनाथ गीरी,कार्यवाहाक प्रमुख प्रशासकिय अधिकृत छत्र अधिकारी ,रुरुक्षेत्र ४ बडा अध्यक्ष फर्शुराम ज्ञवाली ,रुरु ५ का वडाध्यक्ष हरि ज्ञवाली, अक्सिजन बैक का सम्योजक नवराज बिक ,रुरुक्षेत्र स्वास्थ्य शाखा कि स्टप नर्श आर्जु के सि,बलेटक्सार स्वस्थ्य चौकी का इन्चार्ज इन्द्र पौडेल , रुरु स्वस्थ्य चौकी भट्कुवा का इन्चार्ज अमृत ज्ञवाली लगायतको आथित्यतामा कार्यक्रम गरिएको थियो ।

रुरुक्षेत्र बिकास समाज काठमाडौ र लाइन्स क्लब अफ गुल्मी काठमाडौले पठाएको सामाग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्री पठाउनको लागिरुरुक्षेत्र बिकास समाज काठमाडौका कृष्ण प्रसाद गौतम , लाइन्स क्लब गुल्मी काठमाडौका भिम पौडेल ,,बिनोद पौडेल,लोकेन्द्र मल्ल,फर्शु श्रेष्ठले समन्वय गर्नुभएको थियो ।

अक्सिजन बैक सचिव चिरञ्जीवी ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न गरिएको थियो ।