राधा पोख्रेल
जेठ २०,तम्घास
गुल्मीमा पछिल्लो २४ घण्टामा ५७ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ५२ जना र एन्टीजेन परिक्षण गर्दा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका सिआइसिटि अफिसर सुजन ढकालले जानकारी दिनुभयो ।
रुरुक्षेत्र गाउपालीकामा २६ जना, चन्द्रकोट गाउपालीकामा २० जना, रेसुंगा नगरपालीकामा ६ जना, मदाने गाउपालीका ,धुर्कोट गाउपालीका , कालीगण्डकी,इस्मा र सत्यवति गाउपालीकामा १–१ जना गरि ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उहाले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्लामा संिक्रय संक्रमित ६१२ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छेन
जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८२ जनाले ज्यान गुमाएका छन् ।