राधा पोख्रेल
गुल्मी ,जेठ २१ – गुल्मीमा पछिल्लो २४ घण्टामा ४३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षण गदा २ जना र एन्टीजेन परिक्षण गर्दा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । सत्यवति जगाउपालीकामा १८, मुसिकोट नगरपालीकामा १५ जना,कालीगण्डकी ४ , रेसुंगा नगरपालीकामा ३ जना, ,धुर्कोट ,चन्द्रकोट र मालीका गाउपालीकामा १ – १ जना गरि ४३ जनामा कोरोना ंसंक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६९ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्लामा संिक्रय संक्रमित ५८५ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । इस्मा गाउपालीका ५ का ५९ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८३ जनाले ज्यान गुमाएका छन् ।