राधा पोख्रेल
जेठ २३ – गुल्मीमा पछिल्लो २४ घण्टामा ५२ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गदा १८ जना र एन्टीजेन परिक्षण गर्दा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
मुसिकोट नगरपालीकामा १९ जना, रुरुक्षेत्र गाउपालीकामा १६ जना, छत्रकोट गाउपालीकामा १३ जना,सत्यवतिमा २ जना,धुर्कोट र कालीगण्डकी गाउपालीकामा १–१ जना गरि ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्लामा संिक्रय संक्रमित ५८३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८४ जनाले ज्यान गुमाएका छन् ।