अनिल खत्री
२३ जेठ, गुल्मी-गुल्मीमा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।जिल्लामा गत बैशाख १८ गते रातिदेखि जारी हुँदै आएको निषेधाज्ञाको समय २४ गते राती १२ बजे सकिदैछ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।जिल्लामा केहि लचिलो बन्दै निषेधाज्ञाको समयमा परिर्वतन गरिएको छ । यसअघि खाद्यवस्तु बेच्ने पसलहरु खोलीदै आएकोमा बैंक तथा बित्तिय संस्थाहरु पनि खोलीने भएको छ ।निषेधाज्ञाका अबधीमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु, एग्रोभेट, विहान ७ देखि १० बजेसम्म खुलाउन पाइने भएको भएको छ । यस अघि ९ बजेसम्म मात्रै समय तोकिएको थियो ।
बाणिज्य बैंक तथा बिकास बैंक (बिमा कम्पनी, वित्तिय संस्था तथा सहकारी बाहेक) अरु बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् । यस अघि जिल्लामा गरिको निषेधाज्ञामा बैंक तथा बित्तिय संस्थाहरु पनि पूर्ण रोक लगाइएको थियो ।निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् । तोकीएका क्षेत्र बाहेक अन्य सम्पूण क्षेत्र बन्द रहने निर्णय भएको छ ।