राधा पोख्रेल
जेठ २५,तम्घास– गुल्मीमा पछिल्लो २४ घण्टामा ३७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षण गर्दा ३ जना र एन्टीजेन परिक्षण गर्दा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
छत्रकोट गाउपालीकामा १० जना, इस्मा गाउपालीकामा ६ जना,मुसिकोट नगरपालिकामा ६ जना,सत्यवति गाउपालीकामा ५ जना,धुर्कोट गाउपालीकामा ३ जना,रुरुक्षेत्र गाउपालीकामा ३ जना,रेसुंगा नगरपालीकामा २ जना,मालीका गाउपालीका र कालीगण्डकी गाउपालीकामा १–१ जना गरि ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्लामा संिक्रय संक्रमित ५७५ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८७ जनाले ज्यान गुमाएका छन् ।