नेकपा एमालेको एकता बचाउने प्रयासका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच मंगलबार घन्टौ लामो वार्ता भएको छ।
मंगलबार दिउस सुरु भएको वार्ता बेलुका अबेर सम्म चलेको थियो।
बैठकमा सहभागी नेता सुवास नेम्वाङले पार्टी एकताको लागि छलफल र वार्ता जारी रहेको प्रतिक्रिया दिए। उनले
‘पार्टी एकताको पक्षमा हामीबीच निरन्तर छलफल चलिरहेको छ। यो निरन्तर जारी रहन्छ , पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने नै सबैको धारणा रहेको छ,’ उनले भने।
वार्तामा ओली पक्षका तर्फबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली र बिष्णु रिमाल सहभागी थिए। त्यस्तै, माधव नेपाल पक्षबाट भीम आचार्य, घनश्याम भुसाल, गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डे सहभागी थिए।