कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार नाघेको छ। पछिल्लो ५० दिनमा मात्रै पाँच हजार नेपालीले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १०९ जनाको मृत्यु भएको हो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ९८ पुगेको छ।
वैशाख ६ सम्म कोरोनाबाट तीन हजार ९१ जनाले ज्यान गुमाएका थिए। त्यो दिनमात्रै एक जनाको मृत्यु भएको थियो भने हिजो १०९ जनाको मृत्यु भएको छ।
निषेधाज्ञा लागू भएको दिन वैशाख १ ६ मा कोरोनाबाट २६ जनाको मृत्यु भएको थियो। निषेधाज्ञा अघिको १० दिनमा १५५ जनाले ज्यान गुमाएका थिए।
त्यसपछिका १० दिनमा देशका ७० जिल्लामा निषेधाज्ञा लगाइएको थियो।
निषेधाज्ञामा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या घट्न सकेन। उपचार र अक्सिजनको अभावमा ज्यान गुमाउनको संख्या चार गुणाले बढ्यो। २७ वैशाखदेखि ५ जेठसम्मको १० दिनमा एक हजार ९३७ जनाको ज्यान गयो।
डेढ महीनादेखि निषेधाज्ञा लागू भए पनि कोरोना नियन्त्रणका लागि अन्य उपाय नअपनाउँदा ज्यान गुमाउनको संख्यामा कमि आउन सकेको छैन। पछिल्लो १० दिनमा पनि ९३५ जनाले ज्यान गुमाएका छन्।
कोरोनाको सबैभन्दा बढी मार खेपिरहेको भारतमा भन्दा नेपालमा मृत्युदर बढी छ।