गुल्मीको एक सहकारीद्धारा सुपथ मुल्यमा सामाग्री बिक्रि

चुरामणि तिमिल्सीना,
रिडि,जेठ २६ -किसान बर्गहरुलाइ सजिलो होश दुख कसैलाई नपरोस बेलैमा खेतबारिमा मल राख्न पाइयोस भन्ने उद्देशका साथ कालीगण्डकी कृषि सहकारी सस्थाले गुल्मीको सत्यवति गाउँपालिका वडा न १ मा यो अभियान नै सन्द्धारचालन गरेको छ ।
किसानहरुलाइ टाढा जादा मल नपाइने, पाइए पनि लामो समय लाग्ने भएकोले यस सहकारीले गाउमा नै किसान बर्गहरुलाइ युरिया मल,डिएपी मल र पोटास मल उपलब्ध गराउदै आएको छ ।
खेत तथा बारिमा मकै बढ्ने र खेत रोपाइको समय पनि नजिकिदै गर्दा किसानले माग गरेपछि समितिको बैठकले मलको व्यवस्था मिलाइ वितरण गरेको सहकारीका व्यवस्थापक मुकुन्द प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सहकारीले पहिलो चरणमा किसानको लागि ८ टन युरिया, २ टन डियपी र १ टन पोटास मल ल्याइ किसानको विवरण दर्ता गरि बिक्री गरिएको व्यवस्थापक पाण्डेले जानकारि दिनु भयो ।
यस सहकारीले आफ्नो वडामा मात्र बिक्रि नगरी वडा न २ चेहेमी र वडा न ३ ठुलोलुम्पेकमा आफ्नो कार्य क्षेत्र बिस्तार गरि कार्यक्रम अगाडी बडाएको सहकारीका सचिव बिष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
यस पालिकामा यसरी मल बिक्री गर्ने २ ठाउ रहेको जस्मा रहेको अर्को हसरामा सन्चालन भएको सचीव पाण्डेले बताउनु भयो सहकारी सन्चालन सन्चालन नहुदा यहाँका किसानहरु तानसेन अर्गली बिर्घा तथा रिडीबाट मल ल्याउने गर्दथे ।
अहिले यसरी आफ्नै घर दैलोमा मल आयर खेति पाति गर्न पाउदा आफु लागयत सबै किसान बर्गहरुलाइ सबै कुराको फाइदा पुगेको वडाका कृषकहरु अर्जुन कनौजे,हुमाकान्त पाण्डे रन्जना र खिमलालको भनाइ रहेको छ ।
यस सहकारीले यति मात्र नभइ दैनिकि खाद्यन सामग्री समेत बिक्रि गर्दै आएको छ ।

You might also like