गुल्मी अस्पताल र जिल्लामा स्थित स्वास्थ्य चौकीलाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

गुल्मी
अजय खड्का ,जेठ २६ – सामाजिक अभियान्ता शान्ता शर्मा ,ज्ञानेन्द्र शाहि र कलाकार तिलक बस्नेत लगायतको समुहले मंगलबार जिल्लाका स्वस्थ्यचौकीहरुलाई स्वास्थ्य समाग्रि प्रदान गरेको छ ।

विश्व भर रहेका बौद्ध धर्मालम्बीहरुको सहयोग बाट प्राप्त स्वास्थ्य समाग्री गुल्मेली कलाकार तिलक बस्नेतको पहलमा ३० लाख बराबरको स्वास्थ्य सामाग्री गुल्मी अस्पताल र जिल्लामा स्थित स्वास्थ्य चौकीलाई हस्तान्तरण मंगलबार हस्तान्तरण गरिएको हो । जसको समन्वय लोकदोहोरी प्रतिस्ठान गुल्मीले गरेको थियो । वोधिसत्वा विहार बुढानिलकण्ठ काठमाडौंंले २० वटा अक्सिजन कन्सेन्ट्रेटर ,माक्स, सेनिटाईजर,पिपिइ लगायतका स्वास्थ्य सामाग्री गुल्मी अस्पताल, सिमिचौर, इस्मा, अर्जै, हर्दिनेटा, श्रीङ्गा, सान्तिपु्र र दुबिचौर स्वस्थ्य चौकी लाई बितरण गरिएको कलाकार बस्नेतले बताउनुभयो । राहत हस्तान्तरण कार्याक्रममा बोल्दै वोतिसत्वा विहार बुढानिलकण्ठ काठमाडौं फाउण्डेशनका प्रमुख शान्ता शर्माले यस्तो विषम परिस्थीतिमा विश्वभर रहेका बौद्ध धर्मालम्बीहरुको सहयोकका कारण देस भर राहत हस्तान्तरण कार्यक्रम गर्दै आएको बताउनुुभयो ।यस्तै अभियान्ता ज्ञानेन्द्र शाहिले कोरोना महामारीको समयमा फ्रन्टलाईनमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु गरेको योगदानको सम्मान गर्दै नेपाल सरकारले स्वास्थ्य समाग्री आयात दिएको भन्सार छुटकोलागि धन्यवाद दिनुभयो ।
जिल्लामा उपस्थीत भई स्वास्थ्य सामाग्री प्रदान गरेकोमा नेपाल लोकदोहोरी प्रतिष्ठान गुल्मीले सम्पुणलाई सम्मान गरको थियो । अबको केहिसमय पछि पुन खाध्यसामाग्री लिएर आउने समेत बस्नेतले जानाकारी दिनुभयो । दास्रो भेरियन्टको रुपमा विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस अर्थात् कोभिड १९ संक्रमण बच्नको लागि वोधिसत्वा विहार बुढानिलकण्ठ काठमाडौंंले देशभरीनै स्वास्थ्य सामाग्री बितरण गर्दै आएको छ ।

You might also like