राधा पोख्रेल
जेठ २७, तम्घास– गुल्मीमा पछिल्लो २४ घण्टामा ५६ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा २ जना र एन्टीजेन परिक्षण गर्दा ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।इस्मा गाउपालीकामा ३५ जना, छत्रकोट गाउपालीकामा १० जना,रुरुक्षेत्र गाउपालीकामा ५ जना, मुसिकोट नगरपालिकामा ३ जना, चन्द्रकोट ,सत्यवति र धुर्कोट गाउपालकिामा १–१ जना गरि ५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।जिल्लामा संिक्रय संक्रमित ५५० जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।धुर्कोट गाउपालीका वडा नम्बर १ का ३३ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८८ जनाले ज्यान गुमाएका छन् ।