सुर्य सुनार
तम्घास ,जेठ २८ – नेपाल चिकित्सक संघको सहयोगमा तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाको पहलमा गुल्मी अस्पताललाई अक्सिजन कन्सन्टेटर प्रदान गरिएको छ ।
नेपाल चिकित्सक संघको सहयोगमा तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाको पहलमा गुल्मी अस्पताललाई ८ लाख बरावरको अक्सिजन कन्सटेन्टर सहयोग गरिएको हो । गुल्मी अस्पताललाई नेविसंघ का केन्द्रिय माहामन्त्री युवराज पाण्डे र जिल्ला पाटी सभापति भुवनप्रसाद श्रेष्ठले मेसु डाक्टर उत्तम पच्या लाई अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरेका हुन् ।नेविसंघ का केन्द्रिय माहामन्त्री युवराज पाण्डेले गुल्मी अस्पताललाई दिइएको अक्सिजन कन्सन्टेटर सही रुपमा प्रयोग गर्न आग्रह गर्नुभयो । नेपाल चिकित्सक संघको सहयोगमा तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाको पहलमा गुल्मी अस्पताललाई अक्सिजन कन्सन्टेटर सहयोग गर्न गुल्मीबाट नेविसंघ का पूर्व केन्द्रिय सदस्य सुर्दशन खनालले विशेष पहल गरेको कारण यहाँ स्वास्थ्य सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो । यसमा सहयोग गर्नुहुने नेपाल चिकित्सक संघलाई उहाँले धन्यवाद दिनुभयो ।
नेपाली कांगे्रशका जिल्ला पाटी सभापति भुवन प्रसाद श्रेष्ठले गुल्मी अस्पताललाई हाम्रो पाटीले विगत देखी निरन्तर सहयोग गदै आएको बताउनुभयो । अहिले पनि पूर्वस्वास्थ्य मन्त्री गगन थापाको पहलमा अक्सिजन कन्सन्टेटर सहयोग गरिएको हुदाँ विरामीको उपचार गर्न सहजहुने बताउनुभयो । गुल्मी अस्पतालले जिल्लामा जनताको जिवन रक्षा गर्न डाक्टर उत्तम पच्या सहितको स्वास्थ्यकर्मीहरुले गरेको कामको प्रशंसा गर्नुभयो । त्यस्तै नेविसंघ गुल्मीका कार्यवाहक रामजी पन्थीले सहयोग गर्नुहुने पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई धन्यवाद दिनुभयो । नेविसंघ का पूर्व केन्द्रिय सदस्य सुर्दशन खनालले जिल्लाका विभिन्न पालिकालाई अक्सिजन कन्सन्टेटर भोलि देखी पालिकामै गई सहयोग गरिने बताउनुभयो । नेपाली कांगे्रश गुल्मीले गुल्मी अस्पतालमा विभिन्न समयमा स्वास्थ्य सामग्री सहयोग गदै आएको छ ।