राधा पोख्रेल
जेठ २९, तम्घास– गुल्मीमा पछिल्लो २४ घण्टामा १५ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
एन्टीजेन परिक्षण गर्दा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ इस्मा गाउपालीकामा ८ जना, कालीगण्डकी गाउपालीकामा ५ जना, रेसुंगा र मुसिकोट नगरपालस्कामा १ १ जना गरि १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । पछिल्लो २४घण्टामा ११० जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित ५०२ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । रेसुंगा नगरपालीका वडा नम्बर १० कि ६७ वर्षिय महिलाको संक्रमणबाट ज्यान गएको हो । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८९ जनाले ज्यान गुमाएका छन ।