चुरामणि तिमिल्सीना
रिडि,जेठ २९
रुरुक्षेत्र धाम रिडीमा लामो समय देखि अस्त व्यस्त रहेका तथा दुख पाइरहेका गाइहरुको संरक्षण हुने भएको छ ।
तानसेन नगर पालिका वडा न १४ कुसेनि गायत्री मन्दिरको जग्गामा निर्माण सम्पन्न भएको रुरु गौ सेवा आस्रममा गाइको उचित व्यवस्थापन हुनेभएको सेवा आस्रमका संरक्षक शंकर गिरिले जानकारी दिनु भयो।
यस रुरु धाम , कुसेनि , थोर्गा, रातामाटा, अर्गलीका तल्ला बस्ति, बिष्णु पन्जर आसपासमा रहेका छडुवाका रुपमा रहेका लोकल गाइहरुलाइ अब यस समितिले संरक्षण गर्ने समितिका अध्यक्ष राजु राणाले बताउनुभयो ।
यस पवित्र भुमिमा यसरी पहिला कसैले पनि गाइहरु छोड्दैनथे तर केही समय देखि वारीमा उब्जाउ गरेर वचाउन नसकिने तरिकाले दिनौहौ गाइको संख्यामा वृद्धि भएको र आफ्ना आगन जोडिएका वारिहरु उब्जाउहिन बन्न पुगेको तानसेन नगर पालिका वडा न १४का ८२वर्ष पुगेका राम जि प्रसाद खनालको भनाइ छ ।
१०० ओटा सम्म गाइ राख्न सकिने गौशालामा केहि घास पातको पनि जोहो गरेर राखिएको गिरिले बताउनु भयो। यस आसपासमा झन्डै ८० को हाराहारिमा गाइहरु रहेको र अवको केहि दिन भित्रमा क्रमैसङग गौसालामा लैजाने तयारी गरिएको रुरु क्षेत्र गाउँ पालिका वडा न १ का वडा अध्यक्ष रामलाल बिकले जानकारि दिनु भयो ।
यस्तै आफ्नो वडामा गौसाला बनेपछि कसरी सहयोग गर्न सकिएला भनेर तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष कमल रानालाइ जिज्ञासा राख्दा अर्गली सम्म उर्बरा भुमि भएकाले सबै घर धुरिबाट घर दैलो जस्तै कार्यक्रम सन्चालन गरेर पराल, नरुवा ,मकैका डाठ , तथा सक्नेले आजिवन सदस्य साधरण सदस्य लियर यस महान अभियान लाई सहयोग गर्न सकिने बताउनुभयो ।
यता गौशाला बनेको खबर सुनेर लामो समय देखि बाजा रहेका खेत बारि भएका किसानहरु खुसि भएका स्थानीय कृष्ण प्रसद भट्टराईको भनाइ छ ।भट्टराईले गौ व्यवस्थापन हुन साथ बारिमा उन्न्नत जातका तरकारि , मकै, फलफुलका बिरुवा लगाउने योजना बनाइ सकेको बताउनुभयो ।