कृष्ण अन्जान
रुरु ,जेठ ३१ – सामुदायिक विध्यालय हरुमा सरकारी तलब भत्ता खाने शिक्षक शिक्षिका ,नीति निर्माण गर्ने जन प्रतिनिधि र राष्ट्र सेवक कर्मचारीका छोरा छोरीलाई भर्ना अभियान पुर्ण रुपमा कार्यान्वयन गरिनु पर्नेमा अनेरास्ववियुले जोड दिएको छ ।
सोमबार आफ्नो ज्ञापन पत्र सहित गुल्मीको रुरुक्षेत्र गाउँ पालिका कार्यालयमा पुगेको अनेरास्ववियुको टोलीले गाउँपालिकाका अध्यक्ष समक्ष ज्ञापन पत्र पेश गरेको हो । ज्ञापन पत्रमा भनिएको छ, बिगतमा अनेरास्ववियु र गाउँ पालिका बिच सामुदायिक विध्यालय का शिक्षक शिक्षिका ,जन प्रतिनिधि र राष्ट्र सेवक कर्मचारी का छोरा छोरीलाई सामुदायिक विध्यालयमा भना गर्ने सहमति भएपनि यो माग पुर्ण कार्यान्वयन नभएको पाईएकाले अनेरास्ववियुले पुन गाउँपालिकालको ध्यानाकर्षण गर्न चाहन्छ र यदि आफ्नो माग पूरा नभए आन्दोलनमा जान अनेरास्ववियु वाध्य हुने छ ।अखिलको श्रृँगेश्वर क्याम्पस कमिटीका अध्यक्ष उदय शर्मा ज्ञवाली र सचिव विकास ज्ञवाली को हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ । राज्यले सामुदायिक विध्यालयको भौतिक सँरचना निर्माण शिक्षक दरवन्दि अन्य शैक्षिक विकास का साथै साना नानि बाबुको दिवा खाजामा ठुलो लगानी गरेपनि शेक्षिक गुणस्तरीयता आउन नसकेको र यसवारेमा गम्भीर बन्न समेत सरोकारवाला हरुलाई आह्वान समेत गरिएको छ ।
कोभिड १९ को विषम परिस्थिति गाउँ पालिकाले वैकल्पिक माध्यमबाट पठन पाठन सँन्चालन गरेकोमा गाउँपालिका लाई धन्यवाद ज्ञापन गर्दै शैक्षिक क्षेत्रमा गरिने हरेक गतिविधिहरुमा सरकार र स्थानिय तहलाई साथ दिन समेत अनेरास्ववियु सधै तयार रहेको ज्ञापन पत्रमा उल्लेख छ ।ज्ञापन पत्र बुझाउन अनेरास्ववियु श्रृङ्गगेश्वर क्याम्पस कमिटिका पदाधिकारी ,जिल्ला कमिटीका सदस्य हरु गाउँ पालिकामा उपस्थित भएको टोलीमा सहभागी विध्यार्थी रन्जित ज्ञवालीले जानकारी दिनु भयो ।ज्ञापनपत्र बुझ्दै रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकण्ठ गौतमले आफ्नो तर्फबाट अनेरास्ववियुको ध्यानाकर्षण बारे आवस्यक कार्यान्वयनमा पहल गर्ने बताउनु भएको छ ।