चुरामणि तिमिल्सीना
असार १, रिडि – रुरु क्षेत्र धाम रिडीमा पानीको सतह बढिरहेको छ ।

कालीगण्डकी नदि र रिडी खोला बढेपछी आफुहरुलाइ समस्या भएको स्थानिय खिम प्रसाद गौतमले बताउनु भयो।
उहाले रातभरिको पानी अझै अर्घाखाँची बाट आउन बाकि हुदा अहिलै नै यो अबस्था छ त्यो पानी यहाँ आइपुग्दा यहाँको बगर सम्पुर्ण जलमय हुने बताउनु भयो।

यता निरन्तर रुपमा तीब्र गतिमा काम भैइरहेको तिन मुखे पुलको काम समेत सम्पुर्ण रुपमा प्रभावित भएको निर्माण व्यवसायि करण बर्माले बताउनुभएको छ ।

यस बगरमा गौतम मात्र हैन टेक बहादुर थापा ,बसन्त खाम्चाको पनि पानीले गर्दा घर जोखिम हुनुका साथै सामान सार्ने बाध्यता भएको बताउनु भयो ।यस्तै केही घन्टा अझै कालीगण्डकी नदिमा पानीको बहाव बढ्ने हो भने लामो चौपारीआसपासमा पनि क्षति हुने रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष रामलाल बिकले जानकारि दिनु भयो ।

उहाँले पानी अझै बढ्न सक्ने भएकोले होटल व्यवसायी गर्नेहरुलाइ बगरबाट टाढै रहन र जाल हानेर माछा मार्न समेत नजान आग्रह गर्नुका साथै आफ्नो वडा भित्र कुनै पनि सडक घर बस्ति तथा सामाजिक सम्पदामा क्षति भएमा आफुलाइ तत्काल नै खबर गर्न आग्रह गर्नुभएको छ ।