चुरामणि तिमिल्सीना,
रिडि, असार २ – आइतबार देखि अविरल रुपमा परेको बर्षाले हिजो दिउसो देखि रुरु क्षेत्रको बगर जलमग्न भएको छ ।

ऋिशिकेश मन्दिर प्रवेश गेटको १२ सिढी पानीले पार गरेको छ ।

प्रवेशद्वारा नजिकै रहेका खिम प्रसाद गौतम , टेक बहादुर थापा, बसन्त खाम्चा रआसिस जोशि विस्थापित भएका छन् ।अहिले सम्म कुनै पनि मानविय क्षति भने भएको छैन। घर(टहराहरु तथा तिन मुखे पुलका फलाम तथा काठका सामग्रीहरु बगाएको छ ।

पानिको सतह बड्ने क्रम रहेकोले तानसेन नगर पालिका वडा नम्बर १४ का वडा अध्यक्ष कमल राना र रुरु क्षेत्र गाउँ पालिका वड न१ का वडाअध्यक्ष रामलाल बिकले घर परिवार सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ । यस्तै पाल्पा तर्फ दाहा संस्कार गर्न ठाउँ नभएकोले कालिमाटि लान आग्रह गरिएको छ ।खोला तथा नदिमा अहिलेभने पानीको बहाव घटेको छैन।