चुरामणि तिमिल्सीना,
रिडि – लगातारको अबिरल बर्षाले तानसेन नगरपालिका १४ मा ६ घर बिस्थापित भएको छन ।
साबिक वडा ९ मन्दिर परिसरका ४ घर र कुसेनि २ घर बिस्थापित भएका वडा अध्यक्ष कमल रानाले जान्कारी दिनुभयो। अहिले यो समाचार तयार पार्दा सम्म केहि पानीको सतह घटेको छ ।यस्तै सोहि वडाको पसुसेवा कार्यलय लाइ पहिरोलो तान्न खोजिरहेको र अन्य साविकका वडाहरुमा पनि क्षति भएको अध्यक्ष रानाले बताउनु भयो ।यता गुल्मी रुरु क्षेत्र गाउँलालिका वडा न१ रिडी गुल्मीको बसपार्क देखिमाथि रहेको रिडी खर्ज्याङ सडक खण्डका १० घर जोखिममा रहेको स्थानिय सोभित थापाले जान्कारि दिनु भयो
यका तिर खोलाले घर तानिरहेको र अर्कोतिर घर माथि बाट सानो सानो पहिरो खसेको कारणले घटना हुन नदिन केही समयको लागि उहाँको सम्पुर्ण सामान सारिएको उद्धारमा खटिनु भएका नबराज बिकले जानकारि दिनुभयो।
नेपाल सरकारका गौरबका आयोजना लामोसमय देखि सन्चालन भएका तिन मुखे पुल, कालीगण्डकी करिडोर , रिडीखोला तथा कालीगण्डकी तट्बन्धन , पुल्क्याप देखि स्याङ्जा जोड्नेपक्कि पुलका लागि राखियका सामाग्री हरु समेत बगायको ,पुरिएको हुनाले क्षति कति भयो भन्ने अहिले नै यकिइ गर्न नसकियको पुलका लागि सहजकर्ताको भुमिकामा खटिनु भएका करण बर्माले बताउनु भयो।बर्माले आफ्ना ज्यामिहरु बस्दै आयका घर टहराहरु पनि बाडिले बगायको हुनाले पानी रोकिएपछी पनि पुलको काममा ढिलाई हुन सक्ने जानकारि दिनुभयो ।बाढि पहिरो जुन बेला पनि आउन सक्ने भएकोले चर्किएका घर, खोलानाला नजिकका घर गोठ्मा नबस्न तथा नजान आग्रह गरिएको वडा न १ रिडीका वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो ।यस्तै पाल्पा तानसेन नगर पालिका वडा नम्बर १४ कुसेनिमा सिता पाण्डेको टिन्को छानाको घर पुर्ण रुपमा भत्किएको छ घर भत्किदा मानबिय क्षति नभएको तर सामान पुरिएको छ सिता पाण्डे भने अर्कैको घरमा आस्रय लिएर बस्नु भएको छ ।