राधा पोख्रेल
असार २ , तम्घास–गुल्मीमा पछिल्लो २४ घण्टामा १७ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ५ जना र एन्टीजेन परिक्षण गर्दा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।रेसुंगा नगरपालीकामा ११ जना, छत्रकोट गाउपालीकामा ३ जना,गुल्मीदरबार गाउपालीकामा २ र ,रुरुक्षेत्र गाउपालीकामा १ जना गरि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४घण्टामा १७ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित ३८४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८९ जनाले ज्यान गुमाएका छन ।