सुरेन्द्र कंडेल
बागलुङ ,असार २- नेपाली काङ्ग्रेस बाग्लुङका महाधिवेशन सदस्य , नेपाल विद्यार्थी संघका केन्द्रीय पुर्व सह-महामन्त्री तथा युवाहरुको ढुकढुकि आशाको केन्द्र युवा नेता हरिहर शर्माले आफ्नो जन्मदिनमा अहिलेको विषम परिस्थितिलाई हेर्दै स्वास्थ्य सामग्री बितरण गरेका छन ।
ग्रामीण भेगका समुदायहरुमा दिनानुदिन फैलिएको कोभिडको न्युनीकरण र रोकथाम को लागि भनेर जन्मदिनमा आफ्नो गृह जिल्ला बागलुङ जिल्ला जैमिनी नगरपालिका ७ जैदी बेलबगर आयुर्वेद,छिस्ती प्रहरी चौकी र बाओ स्वास्थ्य क्लीनिकलाइ समेत विभिन्न स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन । नगरप्रमुख इन्द्रराज पौडेल,स्वास्थ इन्चार्ज तथा स्थानीय को रोहवरमा संक्रमितहरुको उपचार , रोकथाम को लागि अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरेको बताएका छन । शर्मा का अनुसार अहिले को कोभिड १९ को सक्रमण बाट देस निकै नै भयावह अवस्था मा पुगेको बेला फजुल खर्च गर्न भन्दा जन्म दिन को खर्च ले सामाग्री दिएको शर्मा ले बताए शर्मा ले प्रदान गरेका स्वास्थ्य सामग्रीहरु सर्जिकल माक्स सेनिटाइजर , अक्सिजन सिलिन्डर,पल्स अक्सिमीटर सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन ।हस्तान्तरण कार्यक्रममा बोल्दै शर्माले अहिलेको विषम परिस्थितिमा कुनै भोजभतेर गर्नु भन्दा सामाजिक कार्य गर्नुपर्ने कुरामा जोड दिएका छन ।