तम्घास,
असार २ – लगातारको अबिरल वर्षाका कारण गुल्मीका बिभिन्न स्थानमा बाढि पहिरोबाट क्षति भएको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले सचेत रहन आग्रह गरेको छ ।
आज एक सुचना जारी प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक नपरी नहिड्न र हिड्नै परे जानकारी गराएर मात्रै हिड्न अनुरोध गरेको हो । लगातारको वर्षाको कारण जमिन गलेकाले पहिरो जान सक्ने सम्भावित स्थानहरुमा नजान पनि प्रशासनले आग्रह गरेको छ । प्रशासनले कालीगण्डकी,बढिगाड लगायतका ठुला नदिहरुको आसपासका वस्तीहरुलाई सुरक्षीत भएर बस्न र एम्बुलेन्स तथा डोजरहरुलाई उद्धारको लागि तयारी अवस्थामा राख्न भनेको छ । बिपदमा पनि कोरोना संक्रमणको जोखिम उत्तिकै रहेकाले प्रशासनले स्वास्थ्य मापदण्ड अपनाउन पनि आग्रह गरेको छ । कुनै समस्या आइपरेमा नेपाल प्रहरी ,शसस्त्र प्रहरी वा सम्वन्धित निकायहरुमा जानकारी गराउन भनेको छ ।