पाल्पा ,
असार ३- पहिरोले तिन दिनसम्म अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फि सुचारु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको थियो । गएको मंगलबार देखि अवरुद्ध भएको बाटो बिहिवार दिउँसो पौने ३ बजेपछि मात्रै सुचारु भएको हो । यही स्थानमा अघिल्लो वर्ष पनि पहिरो खसेको थियो ।