सुर्य सुनार,
तम्घास ,असार ४ – नेपाली कांग्रेस केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले गुल्मी अस्पतालमा स्वास्थ्यकर्मीलाई पिपिइ सहयोग गर्नुभएको छ ।
विहीबार नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले गुल्मी अस्पतालका मेसु डा. उत्तम पच्यालाई एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभएको हो । नेपाली कांग्रेस केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले गुल्मी अस्पतालमा कोरोना संक्रमित बिरामीलाई उपचार गर्न अग्रपंतिमा रहेका काम गर्ने स्वास्थ्यकर्मीहरुलाई १० थानपिपिइ सहयोग गर्नुभएको हो ।
नेपाली कांग्रेस गुल्मीका सचिब खिलध्वज पन्थीले कोरोनाको विपत्तमा नेपाली कांग्रेसले जिल्लाका विभिन्न ठाउँमा सहयोग गरेको बताउनुभयो । बिरामीको उपचारको लागि अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्थकर्मीको जिवन रक्षाको लागि स्वास्थ्य सामग्री सहयोग गरिएको बताउनुभयो ।
नेपाली कांग्रेस सत्तामा नहुदाँ पनि सदै जनताको जिवन रक्षागर्न लागि परेको उहाँले बताउनुभयो । साथै पिपिइ सहयोग गर्नुभएका डा.भण्डारीलाई उहाँले धन्यवाददिनुभयो । नेपाली कांग्रेस गुल्मीले जिल्लाका विभिन्न ठाउँमा यस भन्दा अघि पनि स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ ।