असार ४
तम्घास- गुल्मीमा अबिरल वर्षाको कारण सडक बन्द भएपछि एक बालकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ स्थित विशुखर्कमा घरमै लडेर हातमा गम्भीर असर परेको हुनाले बालकको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पाल्पा लगिएको छ । अविरल बर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि प्रभु एयरको हेलिकप्टरमार्फत पाल्पाको मिसन अस्पताल लगिएको हो । अबिरल वर्षाले जिल्लाका बिभिन्न स्थानमा सडकहरु अवरुद्ध छन ।
तस्वीर :- हुमाकान्त पोखरेल/रासस