राधा पोख्रेल
असार ४,तम्घास – गुल्मीमा पछिल्लो २४ घण्टामा १७ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
एन्टीजेन परिक्षण गर्दा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।मुसिकोट नगरपालिकामा ९ जना, धुर्कोट गाउपालिकामा ६ जना, चन्द्रकोट गाउपालिका र इस्मा गाउपालिकामा १–१ गरि १७ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४घण्टामा ३४ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित २९७ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८९ जनाले ज्यान गुमाएका छन ।