राधा पोख्रेल
असार ४,तम्घास – गुल्मीबाट बिरामी लिएर तानसेन जाँदै गरेको कार दुर्घटना भएको छ ।गुल्मीदरबार गाउँपालिका गौडाकोट स्थिती म्यालपोखरिको मोडमा गुल्मीको भुवाचिदी देखि तानसेन जादै गरेको ध १ज ५०१ नम्बरको कार दुर्घटना हुदा कारमा सवार ३ जना घाइते भएका छन । घाइते हुनेमा बाग्लुङका गाडी चालक संगम पुन र गाडीमा सवार हरि थापा र खुमा थापा रहेका छन ।घाइतेको स्थानिय मेडिकलमा उपचार गरिएको र अवस्था सामान्य रहेको गुल्मीका प्रहरी नायव उपरिक्षक डिएसपि पुर्षोतम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।