राधा पोख्रेल
असार ५ ,तम्घास – गुल्मीमा पछिल्लो २४ घण्टामा २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा १३ जना र एन्टीजेन परिक्षण गर्दा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । रेसुंगा नगरपालिकामा ९ जना, गुल्मीदरबार गाउपालीकामा ४ जना, धुर्कोट गाउपालिकामा ३ जना, छत्रकोट गाउपालीकामा ३ जना, इस्मा गाउपालीकामा २ जना, र रुरुक्षेत्र गाउपालीकामा १ जना गरि २२ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४घण्टामा ४६ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित २७३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८९ जनाले ज्यान गुमाएका छन ।